काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दशैँको लागि शुभ साइतहरु सार्वजनिक गरेकाे छ । जसअनुसार असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ।
फूलपातीकाे शुभसाइत १३ गते बिहान ७ बजेर १३ मिनेटमा रहेकाे छ । १४ गते महाष्टमी र १५ गते महानवमी पर्व रहेकाे छ ।
यस्तै देवी बिसर्जनको साइत असोज १६ गते बिहीबार बिहान ९ बजेर २३ मिनेटमा रहेको समितिले जनाएको छ। टीकाको शुभ साइत भने साेही दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका लगाउने क्रममा टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किनु पर्नेछ।


September 16, 2025, Jyotishsanchar press

