नेपाली महिला क्रिकेट टिम र मलेसियाबीच टी २० सिरिज हुने

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली र मलेसियाको टाेलीबीच पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला हुने भएको छ।

आगामी अक्टोबर २ देखि ८ सम्म मलेसियाको क्वालालम्पुरमा शृंखला आयोजना हुने नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिनुभयाे ।

उक्त प्रतियोगिताका लागि क्यानले शनिबार नै १४ सदस्यीय टोलीको घोषणा गरेको छ। यसलाई आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका रूपमा लिइएको छ ।

खेलाडीहरूले शृंखलाअघि सेप्टेम्बर २४ देखि ३० सम्म हुने ‘मलेसियन सुपर वुमन सिरिज’ मा पनि भाग लिनेछन् । यस प्रतियोगितामा घोषित टोलीका १४ खेलाडीले विभिन्न पाँच टोलीबाट खेल्दै थप अनुभव बटुल्ने अवसर पाउने बताइएकाे छ।

Women Nepali Cricket Team

September 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको