नवरात्रभर नवदेवीहरुको नैवेद्य के हो ?

पं बालमुकुन्द देवकोटा

काठमाडौँ । नवरात्रभर यी नवदेवीहरुको पुजा ,अर्चना गर्नुपर्दछ। सो देविहरुको नाम र कुनदिन देवीलाई के निवैद्य चढाएर पुजा ,अर्चना गर्नुपर्दछ भनेर भक्तजनहरुको जिज्ञासा भएकोले हामीहरु सवैले बुझेर गर्नु पर्दछ ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

परेवाको दिन शैलपुत्री देवीको पूजा ,अर्चनागरी नैवेद्य घ्यू,द्वितीयाको दिन ब्रह्मचारिणी देवीको पूजागरी नैवेद्द शख्खर,तृतीयाको दिन चन्द्रघण्टा देवीको पूजागरी नैवेद्द दुध,चौंथीको दिन कुश्माण्डा देवीको पूजागरी नैवेद्द पूवा ,पञ्चमीको दिन स्कन्दमाता देवीको पूजागरी नैवेद्द केरा ,षष्ठीको दिन कात्यायनी देवीको पूजागरी नैवेद्द मह ,सप्तमीको दिन कालरात्रि देवीको पूजागरी नैवेद्द चाकु ,अष्टमीको दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल ,नवमीको दिन सिद्धिदात्री देवीको पूजागरी नैवेद्द लावा चढाउनु पर्दछ।

Durga1

September 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको