काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। श्रीलङ्काको कोलम्बोस्थित रेडकोर्स इन्टरनेसनल स्टेडियममा बिहीबार भएको सेमिफाइनलमा भारतसँग ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।
खेलकाे पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा भारतका गन्लिबा वाङ्खेरिक्पाम, अज्लान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गर्दै जित सुनिश्चित गरे।
नेपालले पहिलो हाफमा प्रशान्त मोक्तानको फ्रि किक र प्रतिस थापाको प्रयासमा अग्रता बनाउने प्रयास गरे पनि सफल हुन सकेन ।

September 26, 2025, Jyotishsanchar press

