फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकाे छ ।

जसबाट कम्तीमा २६ जनाको मृत्यु भएको छ। मंगलबार राति सेबु प्रान्तको बोगो शहर नजिकै केन्द्रविन्दु भएर गएको भूकम्पले मध्य फिलिपिन्सलाई हल्लाएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प स्थानीय समय अनुसार राति ९ः५० बजे गएको थियो । टापुको उत्तरी छेउमा पर्ने बोगो शहर नजिकै ९० हजार मानिसको बसोबास रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ।

स्थानीय उद्धारकर्मीका अनुसार, बोगोमा मात्र १३ जनाको मृत्यु भएको छ, जसमा चार बालबालिकासमेत रहेका छन् ।

Earth Quake 9f36t6heas 1

October 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको