नेपाल र मलेसियाको दोस्रो खेल आज

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीले आज मलेसियासँग टी–२० सिरिजको दोस्रो खेल खेल्दैछ।

बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार शनिबार बिहान १०ः १५ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ ।

बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। थप तीन खेल असोज १९, २१ र २२ गते हुनेछन् ।

Nepal Vs Malaysia

October 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको