आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने

काठमाडौं । टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम र कुवेतबीच भिडन्त हुँदैछ।

यस प्रतियोगितामा नेपालसहित ९ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कुवेतबीचको खेल बुधबार राति ८:४५ बजे शुरु हुनेछ। यसै समूहमा जापान पनि समावेश छ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। नेपालले कुवेतविरुद्ध मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोटको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन्। युएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जित्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा उत्रँदैछ।

Nepali Cricket Team

October 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको