मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक

काठमाडौँ । सरकारले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरेको छ।

सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत आज बैठकका २० वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाउने निर्णय गरेकाे छ ।

यस्तै न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गर्ने, असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदाको समर्थन गर्ने, इलामलाई ३ महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेलगायत निर्णय छन् ।

Jagidish Kharel

October 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको