काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। शनिबारका लागि तय भएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएकाेमा आइतबार बिहान ११ बजेका बस्न लागेकाे हो ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो।
बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो।

October 12, 2025, Jyotishsanchar press

