काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार फ्लाई दुबईको उडान नम्बर एफजेड-०५८७ बाट २०७९ साल पुस १० गते नेपाल आएका चिनियाँ नागरिकले ल्याएको ७३० थान विद्युतीय चुरोट (भेप) अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयको स्टोरमा राखिएको थियो। पछि उक्त सामानमा सुन लुकाइएको खुलेको थियो।

October 12, 2025, Jyotishsanchar press

