काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको ११ औं महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ। भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्ताे निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक आइतबार सम्पन्न भएको छ । महाधिवेशनको स्थानबारे भने तय भइनसकेको उहाँको भनाइ छ । मुलुकको लोकतन्त्र र संविधानको रक्षाका लागि एकतावद्ध भएर लाग्न एमालेले सबैमा आव्हान गरेको छ।
असोज २९ देखि ३१ गतेसम्म बस्ने तयारी भएको एमाले केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनबारे थप निर्णय लिने उपमहासचिव ज्ञवालीले बताउनुभयो । प्रतिनिधिसभाको विघटन अवैधानिक रुपले गरिएकाले यसको पुनर्स्थापनामा एमाले रहेको बताउँदै उहाँले बताउनुभयाे ।
एमालेको दशौं महाधिवेशन २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनमा सम्पन्न भएको थियो । ११ औं महाधिवेशनको स्थानबारेमा केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । गाेरखापत्रबाट

October 13, 2025, Jyotishsanchar press

