काठमाडौँ। गत भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटसमेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सर्वोच्च अदालतका सेवाहरू आजदेखि आंशिकरूपमा सुचारु हुने भएका छन्।
हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेको थियाे । असोज २६ गते बसेको पूर्ण बैठकको निर्णय अनुसार असोज २८ गतेदेखि आंशिकरूपमा सेवा सुचारु हुने भएकाे हाे ।
आजदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन् ।

October 14, 2025, Jyotishsanchar press

