मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहकाे राजीनामा

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । प्रदेश सभामा सम्बोधन गर्दै उनले आज राजीनामा दिएकाे जानकारी गराएका हुन् ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकार आफ्नै पार्टी जनमत र सत्ता सहयोगी दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो ।

यसैबीच मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आहृवान भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (भोलि) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएकी हुन् ।

Sachit Kumar

October 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको