काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध ९ वटा रिट दर्ता भएका छन्।
बुधबार दर्ता भएका रिटमाथि आगामी कात्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
१० वटा रिट पेस भएकामा ९ वटा मात्रै दर्ता भएका हुन् । मंगलबारदेखि सर्वोच्चमा रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन पेस भएका हुन् ।

October 15, 2025, Jyotishsanchar press

