यस वर्ष काठमाडौं विश्वविद्यालयमा विद्यार्थी भर्नामा बृद्धि हुने अपेक्षा

धुलिखेल । काभ्रेकाे धुलिखेलमा रहेकाे काठमाडौं विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८२/०८३ का लागि विद्यार्थी भर्नामा २० प्रतिशतभन्दा माथि बृद्धि हुने आँकलन गरेकाे छ । गत वर्ष पाँच हजारभन्दा बढी विद्यार्थी भर्ना भएका यस विश्वविद्यालयमा यस वर्ष ६ हजार नाघ्ने अनुमान गरिएकाे हाे ।

विश्वविद्यालयमा बिहीबार आयाेजित शुभदीपावलीलगायत अन्य पर्वकाे शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलनमा उपकुलपति प्राडा अच्युत वाग्लेले यसकाे जानकारी दिनुभएकाे हाे । यो बृद्धिले विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा, कार्यक्रम विस्तार र देशभरको पहुँच विस्तारलाई प्रतिबिम्वित गर्ने उहाँले बताउनुभयाे ।

पत्रकार सम्मेलनमा दिइएकाे जानकारी अनुसार स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ साइन्सको स्नातक तहको भर्ना प्रक्रिया अन्तिम चरणमा छ भने अन्य स्कूलहरूमा स्नातक तथा स्नातकोत्तर भर्ना प्रक्रिया जारी छ । यस वर्ष इन्जिनियरिङमा गत वर्षको तुलनामा ३०० भन्दा बढी नयाँ विद्यार्थी र विज्ञानमा ९० जनाभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । आर्टस, म्यानेजमेन्ट र एजुकेसनमा करिब ३०० विद्यार्थी भर्नाकाे अपेक्षा गरिएको छ । साथै, मेडिकल साइन्सेजमा राष्ट्रिय चिकित्सा परिषद्‌को स्वीकृतिका आधारमा ४०० भन्दा बढी अतिरिक्त सिट थपिने अपेक्षा छ ।

भर्नामा यो बृद्धि विश्वविद्यालयका बहुविषयक कार्यक्रम, शैक्षिक पूर्वाधार सुदृढीकरण र गुणस्तरिय शिक्षाप्रति प्रतिबद्धताको परिणाम हो। साथै, छात्रवृत्ति विस्तार, उद्योगसँगको सहकार्य र प्रादेशीक पहुँच कार्यक्रमहरूले विविध र समावेशी विद्यार्थी समूह निर्माणमा सहयोग गरेका छन् ।

875b68e9 176e 4d96 8022 C23b2be74f3a

October 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको