काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत अहिले नेपाल र सामोआबीच खेल भइरहेकाे छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २ सय १२ रनको विशाल लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएपछि सामोआले उक्त लक्ष्य पाएको हो ।
आजको खेलमा नेपालका ओपनर आशिफ शेख र मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेका छन् । शेखले ४ छक्का र ७ चौका प्रहार गर्दै ४१ बलमा ६९ रन बनाए । त्यस्तै, ऐरीले ३३ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५३ रन जोडे ।

October 17, 2025, Jyotishsanchar press

