काठमाडौँ। आईसीसी टी-ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले अपराजित हुँदै उपाधी हात पारेकाे छ।
आज भएकाे खेलमा नेपालले सामोआलाई १२४ रनकाे जित निकाल्दै उपाधी हात पारेकाे हाे ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २ सय १२ रनको विशाल लक्ष्य दिएको थियाे । निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएपछि सामोआले उक्त लक्ष्य पाएको हो । जवाफमा सामोआले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्याे ।

October 17, 2025, Jyotishsanchar press

