काठमाडौँ । आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहार। यमराजको दूतका रूपमा कागलाई आज बिहान मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज यो पर्व मनाइएको हो।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खानेकुरा दिई खुशी पार्ने चलन छ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

October 19, 2025, Jyotishsanchar press

