नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति भएको मुलुक हाेः पूर्णबहादुर खड्का

काठमाडाैं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले तिहार तथा नेपाल सम्वत् ११४६ को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । आज बिहान एक सन्देशमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक हो । यस विविधता भित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाएको छ।’-खड्काले भनेका छन् ।

उनकाे शुभकामना सन्देशमा भनिएकाे छः ‘नेपालीहरूको महान चाड तिहार तथा नेपाल सम्वतकाे नयाँ वर्ष ११४६ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

Purna Bdr Khadka

October 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको