काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन्।
जसमा आज नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयाेजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधाशर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता रहेकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ।
साथै नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति पौडेलसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

October 26, 2025, Jyotishsanchar press

