काठमाडौँ। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। कात्तिक १५ गतेका लागि सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा आगामी मंसिरमा हुने एमालेको महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।
नेकपा एमालेले मंसिर २७ गतेदेखि पोखरामा एघारौँ महाधिवेशन गर्ने तयारी गरेको छ। यसैको तयारीका लागि छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ।

October 28, 2025, Jyotishsanchar press

