राष्ट्रियसभाका १९ सदस्यकाे लागि माघ ११ गते चुनाव हुने

काठमाडौँ । फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुने भएकाे छ।

सरकारले बुधबार निर्वाचन मिति तोकेको हाे। साे निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्षले भाेट हाल्न पाउनेछन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेकाले ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको उनले बताए । जसमा नारायणकाजी श्रेष्ठ र वामदेव गाैतम पनि रहेका छन् ।

एमालेका ८, माओवादीका ७, नेकपा (एकीकृत समाजवादी)का १, लोकतान्त्रिक समाजवादीका एक, जनता समाजवादी पार्टीका एक र एक जना मनोनीत सदस्यकाे फागुन २० गते कार्यकाल सकिँदैछ।

Rastriya Sabha Baithak 1

October 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको