चक्रवात “मोन्था” को आंशिक प्रभाव शुरु

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव रहेको छ।

आज राति देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

भोलि दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

Winter Rain

October 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको