कांग्रेस नेता अफताब आलमकाे निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ ।

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा उनको आज बिहान २ बजेर ५८ मिनेटमा निधन भएको हो । उनलाई केएमसिकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो।

गत जेठमा नक्खु कारागारबाट छुटेलगतै देखि उनलाई स्वास्थ्यमा समस्या देखिएकाे थियाे । त्यतिबेला उनलाई ब्रेन स्ट्रोक भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।

आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप थियो।

Mohammad Aftab Alaam

November 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको