Jitendra Sonal
काठमाडौँ । विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार पदबाट राजीनामा दिएका छन् ।
उनले सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा बुझाएका हुन् । शनिबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको थियो ।
यसका लागि प्रदेशसभा बैठक पनि डाकिएको थियो । यद्यपी विश्वासको मत नपाउने देखिएपछि उनी प्रदेशसभा बैठकबाट बाहिरिएका थिए।
गत असाेज २९ गते मुख्यमन्त्रीमा नियुक्त साेनल नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका ५ दलकाे समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

November 9, 2025, Jyotishsanchar press