मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थपियाे

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुकाे भीड बढेपछि निर्वाचन आयाेगले नाम दर्ताकाे समय थप गरेकाे छ।

गत असोज ९ गतेको निर्णय अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि कात्तिक ३० गतेसम्मका लागि कायम गरिएको थियाे । कात्तिक २७ सम्म कुल २ लाख ५७ हजार ५०५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरूको सहजता र सुविधाका लागि आयोगको शुक्रबारको निर्णय अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरेकाे छ।

Aayog

November 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको