काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि पटकपटक स्थगित हुँदै मंसिर ४ गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर आजका लागि तय गरिएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूलाई बोलाइएको छ।

November 22, 2025, Jyotishsanchar press

