एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुने भएकाे छ ।

अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

शुक्रबार बसेको एमाले सचिवालयको ६१ औँ बैठकले महाधिवेशन व्यवस्थापनसम्बन्धी निर्णय गरेको थियाे ।

यसपटक एमालेले विगतको भन्दा फरक अभ्यास अपनाउँदै महाधिवेशनको आयोजक समिति केन्द्रीय सचिवालय नै हुने निर्णय गरेको छ ।

सचिवालय बैठकले १०८ जना मनोनीत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको छ । योसँगै एमालेका २ हजार २ सय ६१ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

Uml Sachibalaya

December 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको