काठमाडौँ । माैसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया माैसम सफा रहेको छ ।
आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

December 15, 2025, Jyotishsanchar press

