काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् ।
ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।
ओलीले १ हजार ६६३ मत ल्याउँदा पाेखरेलकाे मत ५६४ मा सिमित रहेकाे छ ।
यसैगरि महासचिवमा शंकर पाेखरेल विजयी भए । उनले १ हजार २२८ मत पाए भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याएका छन् ।

December 18, 2025, Jyotishsanchar press

