काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएकाे छ ।
देशका तराई भूभागमा तापक्रम हल्का घट्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

December 21, 2025, Jyotishsanchar press

