आजकाे माैसम पूर्वानुमान यस्ताे छ

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव पनि रहेको महाशाखाले जनाएकाे छ।

देशका तराई भू-भागमा तापक्रम घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

पहाडी भाग तथा हिमाली भागमा पनि चिसाे बढीरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

Mausam 11 Lbu2jteuoh

December 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको