आजकाे मौसम पूर्वानुमान यस्ताे छ

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्हसम्म कुहिरोको समेत सम्भावना रहेको छ ।

आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ ।

Mausam 11 Lbu2jteuoh

December 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको