काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।
देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने महाशाखाकाे अनुमान छ ।

December 29, 2025, Jyotishsanchar press

