Mausam 11 Lbu2jteuoh
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। जसले गर्दा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

January 3, 2026, Jyotishsanchar press