आजकाे माैसमः देशभर आंशिक बदली रहने

काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ ।

गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेसका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। राति पनि तराईका केही स्थानमा हुस्सु देखिन सक्नेछ।

Mausam 11 Lbu2jteuoh

January 9, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको