आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

Mausam 11 Lbu2jteuoh

January 11, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको