Gold
काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। आज प्रतिताेला एक हजार पाँच सय रुपैँयाँले मूल्य बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७८ हजार कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
गत हप्ता बिहीबार दुई हजारले घटेकाे सुन शुक्रबार दुई हजार एक सय रुपैँयाँले मूल्य बढेकाे थियाे । यो हप्ता आइतबार दुई हजार एक सय रुपैंयाँले बढेको थियो। साेमबार चार हजार एक सय रुपैँयाँले मूल्य बढ्याे । मंगलबार प्रतिताेला एक हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ। ३१५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६५५ कायम भएको महासंघले जनाएकाे छ । चाँदीको याे मूल्य पनि हालसम्मकै उच्च हाे ।

January 14, 2026, Jyotishsanchar press