हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौँ । नेपालमा हाल पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसले गर्दा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आज तराई भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

देशका तराई भू-भागमा बिहानीपख लाग्ने हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

Mausam 11 Lbu2jteuoh

January 15, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको