काठमाडौँका मेयर बालेन्द्र शाहद्वारा राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आजदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । आफू मेयर पदमा रहँदा नगरवासीको हितका लागि काम गरेको उनकाे राजीनामा पत्रमा उल्लेख छ।

‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु,’ उनले भनेका छन्।

बालेन अब सक्रिय राजनीतिमा प्रवेश गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा आगामी निर्वाचनमा सहभागी हुँदैछन् । उनले झापा-५ बाट उम्मेद्वारी दिने तयारीसमेत गरेका छन् ।

Balen

January 18, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको