उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरेको छ ।

आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मंगलबार मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

Aayog

January 21, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको