यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा तुवाँलो र हुस्सु लागेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराईका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

Mausam 11 Lbu2jteuoh

January 22, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको