उम्मेद्वारले आज नाम फिर्ता लिन सक्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेद्वारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारी फिर्ताका लागि समय दिइएको छ । आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसाे ४ बजेदेखि ७ सम्म उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने अवधि तोकिएको थियो ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेद्वारी दर्ता भएको छ । गत माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता भएको थियाे । कुल उम्मेद्वारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

Aayog

January 23, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको