यस्ताे छ आजकाे माैसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण आज दिउँसाेदेखि बदली हुने जनाएको छ ।

मुख्यगरी पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागले आज दिउँसोदेखि भोलिसम्म पश्चिम नेपालबाट बादल लाग्न सुरू हुने र सुदूरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा हुने अनुमान छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

त्यसैगरी, राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

Mausam 11 Lbu2jteuoh

January 23, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको