काठमाडौँ । नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायमै छ । जसका कारण हाल कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ ।
राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमालीमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

January 25, 2026, Jyotishsanchar press

