काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कोशी र मधेस प्रदेशको तराईका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागि बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमालीभागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपातसहित वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।

January 27, 2026, Jyotishsanchar press

