काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
हाल तराईका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका पहाडी र हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भागमा र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भागको मौसम मुख्यतया सफा रहने छ।
राति तराईका थोरै स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

February 6, 2026, Jyotishsanchar press

