काठमाडौँ । नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको हृदयाघातका कारण निधन भएको हाे ।
थापा लामो समयदेखि नेपाली र पछिल्ला केही वर्षदेखि भारतीय चलचित्र उद्योगमा पनि सक्रिय थिए । कला क्षेत्रमा थापा ‘राते काइँला’ को उपनामले चर्चित थिए ।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल उनकाे निधनले विशेषगरि नेपाली कला क्षेत्रले ठूलाे क्षति व्यहाेरेकाे छ।

February 7, 2026, Jyotishsanchar press