Mausam 11 Lbu2jteuoh
काठमाडौँ । नेपालमा हाल मौसममा फेरबदल आएको छ। पश्चिमी वायुको आंशिक प्रभावले बादल लागेकाे र केही चिसाे बढेकाे छ ।
आज तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। तराईका अधिकांश भागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ। जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ।

February 9, 2026, Jyotishsanchar press