Dolor
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६१ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा कायम भएको छ।
युरोपियन यूरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २३ रुपैयाँ ११ पैसा तोकिएको छ।

February 10, 2026, Jyotishsanchar press